श्रीमतीको ‘छाप’ लगाएर चार वर्षदेखि वैवाहिक बलात्कार, यौनशोषण गर्दै मानसिक समस्या दिएको भन्दै श्रीमान भुवनलाई सजाए दिलाउन उनी एक सातादेखि माइतीघरको सडकमा अनशन बसिरहेकी छिन्।
‘न्यायमूर्ति’ले निभाउन खोजेको एउटा ‘आरती’
श्रीमती भनेर वर्षौंदेखि ‘यौनदासी’ बनाएका न्यायाधीश भुवन गिरीले धेरैपटक आरतीको जीवन निभाउन खोजे। उनको मुख थुन्नमात्रै होइन, उनैलाई घरभित्रै थुनिराखे। र, पनि न्यायाधीशको त्यो पिचासु पञ्जाबाट फुत्किएकी एउटी ‘आरती’ माइतीघरको सडकमा न्याय माग्दै धिपधिपाइरहेको छ।