Breaknlinks Nepali

@breaknlinks
7 Followers
0 Following
210 Posts

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।

#blmedia #blnews #homeminister #narayankajishrestha #corruption

https://breaknlinks.com/nepali/news/35217653

भ्रष्टाचारमा संलग्न जुसकुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ: गृहमन्त्री श्रेष्ठ

‘भ्रष्टाचार, बेथिती र ठगी विरोधी अभियान रोकिँदैन’, उनले भने, ‘जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नातासम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन, अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ।’

Breaknlinks

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन्।
#nepalicongress #sherbahadurdeuwa #nepalipolitics

https://breaknlinks.com/nepali/news/35217600

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ: सभापति देउवा

प्रजातन्त्रलाई बलियो बनाउनेबारे समाजसँग बसेर पार्टीले विचार विमर्श गर्ने उनको भनाइ छ। सोही अवसरमा सभापति देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे।

Breaknlinks

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो इटाली भ्रमण सफल भएको बताएका छन्।
#prachanda #pmnepal #italyvisit

https://breaknlinks.com/nepali/news/35217599

इटाली भ्रमणलाई मैले सफल भ्रमणका रुपमा लिएको छु: प्रधानमन्त्री प्रचण्ड

‘भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एक स्वतन्त्र, सार्वभौम, संयुक्त राष्ट्रसङ्घ र समग्र बहुपक्षीयताप्रति प्रतिबद्ध मुलुकका रुपमा अझ बढी मुखरित हुन पुगेको विश्वास लिएको छु’, उनले भने।

Breaknlinks

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन्।

#midhillhighwayplanning #director #harikumarpokhrel #arrest #nepalpolice

https://breaknlinks.com/nepali/news/35217598

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल बलात्कार आरोपमा पक्राउ

इन्जिनियर पोखरेललाई शुक्रबार बिहान त्रिपुरेश्वरबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ। प्रहरीका अनुसार उनीमाथि आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप छ।

Breaknlinks

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कँदै छन्।
#pmnepal #prachanda #italy #blnews #blmedia #nepalipolitics

https://breaknlinks.com/nepali/news/35217566

प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कँदै

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

Breaknlinks

सरकारी सेवाबाट चालिस वर्षमा हासिल नगरेका उपलब्धि उनले चार वर्षमै हात पारे। याे चार वर्षमा उनी तीनपल्ट सम्मानित भएका छन्।

#blnews #blmedia #narayanchalagain #jumla #swan

https://breaknlinks.com/nepali/news/35217547

हाँससँगै हाँसेका नारायण

सरकारी सेवाबाट चालिस वर्षमा हासिल नगरेका उपलब्धि उनले चार वर्षमै हात पारे। याे चार वर्षमा उनी तीनपल्ट सम्मानित भएका छन्। एकपल्ट कृषि विकास कार्यालयकाे उत्कृष्ट किसान र एकपल्ट चन्दननाथ नगरपालिकाकाे उत्कृष्ट किसान घाेषित भए। जसमा प्रमाणपत्रसहित २५ हजार नगद थियाे।

Breaknlinks

अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन्।

#blnews #blmedia #prakashsaranmahat #tia

https://breaknlinks.com/nepali/news/35217545

विमानस्थल भन्सारका कर्मचारीलाई अर्थमन्त्रीले भने- गैरकानुनी काम हुन नदिने प्रयास गर्नुस्

‘अपराध  र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ’, उनले भने।

Breaknlinks

हातगोडा खेतको हिलोले हिलाम्मे छन्, सिङ्गो शरीर पसिनाले निथ्रुक्क। र, पनि धानखेतमा रमाएका यी किसानी मुहारमा उज्यालो मुस्कान छ।

#rice #blnews #blmedia #agriculture #sakhu

https://breaknlinks.com/nepali/news/35217544

धान खेतबाट झार गोड्ने किसानी हातहरू (फोटोफिचर)

प्लटिङबाट बचेका यहाँका खेतहरूमा धानका बेर्ना हरिया भएका छन्। बचेखुचेका यी खेतबारीमा गाँजिन थालेका धानहरू अब गोड्ने बेला भइसकेको छ। र, रोपाइँ सकेका किसानहरूमा फेरि त्यसैको चटारो छ। यसपालि वर्षा ढिला भयो तर उपत्यकाभित्र लगभग सबै खेतहरूमा रोपाइँ सकिसकेको छ। मल अभावमा पनि धान हलहल बढेको छ।

Breaknlinks

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको बताएकी छन्।
#cpn #rekhasharma #blnews #blmedia

https://breaknlinks.com/nepali/news/35217541

सरकार सुशासनका पक्षमा दृढताका साथ अघि बढेको छ: सञ्चारमन्त्री शर्मा

वर्तमान अवस्थामा देखा परेका समस्या समाधानका साथै आगामी दिनमा उत्पन्न हुनसक्ने असहजपरिस्थितीको सामना गर्नका लागि सूचना तथा प्रविधिको सही प्रयोग आवश्यक भएको उनले बताइन्। उनले भनिन्, ‘संसार सूचना तथा प्रविधिको विकासमा अगाडि बढिसकेको छ, पछिल्लो समयमा गुणात्मक प्रगति भएको क्षेत्र यो मात्रै हो।’

Breaknlinks

नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिला र तेन्जेन शेर्पा (लामा) विश्वको १४ वटा ८ हजारमाथिका हिमाल ९२ दिनमा चढेर विश्व किर्तिमान राखेका छन्।
#christineharila #tenjensherpa #mountainclimbing

https://breaknlinks.com/nepali/news/35217538

विश्वका १४ वटा हिमाल तीन महिनामा चढेर क्रिस्टिन हरिला र तेन्जेन शेर्पाले राखे किर्तिमान

अन्तर्राष्ट्रिय पर्वतारोही र शेर्पाको टोली नेपाली समय अनुसार ११:३० बजे काराकोरममा अवस्थित विश्वको दोस्रो अग्लो केटु हिमालको चुचुरोमा पुगेको सेभेन समिट ट्रेक्सले पुष्टि गरेको छ।

Breaknlinks