‘इनारहरू मासिएका छन्। पोखरीहरू मासिएका छन्। भएका पनि सुक्दैछन्। कतिलाई सौन्दर्यीकरणको नाममा तिनलाई प्रकृतिबाट अलग गरिँदैछ’, चन्द्रकिशोर भन्छन्, ‘तराई त विस्तारै सुकिरहेको छ। पानीको चरम संकटले आम मान्छेको जीवनशैली नै फेरिन थालेको छ।’
तराईका खेत सुख्खा छन्। साउन उकालो लागिसक्यो, खेतहरू बाँझै पल्टिएका छन्। खेत भेटेका नहरहरू पनि सुकिसके। ‘हुनेखाने’ गहिरोगरी ठूलो क्षमताको ‘डिपबोरिङ’ धसेर पानी उकासिरहेका छन्, नसक्नेहरू अरूको खेतमा निस्केको त्यही मूल हेरर घामले तातिएको बाँझो खेतको तातो माटोमै बसिरहेका छन्।
तराईका खेत सुख्खा छन्। साउन उकालो लागिसक्यो, खेतहरू बाँझै पल्टिएका छन्। खेत भेटेका नहरहरू पनि सुकिसके। ‘हुनेखाने’ गहिरोगरी ठूलो क्षमताको ‘डिपबोरिङ’ धसेर पानी उकासिरहेका छन्, नसक्नेहरू अरूको खेतमा निस्केको त्यही मूल हेरर घामले तातिएको बाँझो खेतको तातो माटोमै बसिरहेका छन्।
माओवादीको पार्टी जीवनमा फेरि एकपटक फन्को लगाइरहेका छन् विप्लव। प्रचण्डयामको त्यो विश्रान्तिबखत पाखा लागेका उनलाई फेरि मूलघर फर्किनु छ। र, प्रचण्ड आफैलाई पनि चाहिएको एउटा पात्र हो– ‘विप्लव’। युद्ध बिसाएर संसदीय राजनीतिको बाटो समाउँदै गर्दा सल्लाह मिलेन। केही पर सँगसँगै हिँडेका विप्लवहरू, त्यसपछि प्रचण्डका पाइलाहरू पछ्याउन छोडे र आफ्नै बाटो लागे।
सुन समाउन आफैँ पुगेका राजश्व विभागका निर्देशक नवराज ढुङ्गानाका अनुसार यसबारे उनीहरूलाई १० दिनअघि नै जानकारी थियो। त्यो सुइँको उनीहरूले कतै चुहाएनन्। प्रधानमन्त्रीलाई भनेका थिए। उनले ‘रिपोर्ट’ गर्ने निकाय नै सिधै प्रधानमन्त्री हुन्। गत असारमा मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई राजश्व अनुसन्धान विभागको निर्देशक बनाएका थिए।
भिडबाट बच्नु नै असार ३१ गतेको उपलब्धि सम्झिने झुन्का जस्ता धेरै थिए। जसलाई लागिरहेको थियो, बरु नुन नपाइयोस्। तर ज्यान जोगाउन पाइयोस्। स्वयंसेवकको भूमिकामा साल्ट ट्रेडिङको कार्यालय अगाडिको प्राङ्गणमा पुगेका चन्दननाथ-१ तलिचौरमा पुष्कर देवकोटाका अनुसार धेरै मानिस नुन पाउने आशमा लाइनमा बसेका थिए।
कुनैबेला थियो, अहिलेका सभापति अनि संसदीय दलका नेतासमेत रहेका शेरबहादुर देउवा पार्टीका नेता थिए अनि संसदीय दलका नेता भने रामचन्द्र पौडेल भए। यो २०६७ सालतिरको कुरा थियो। त्योबेला पनि देउवाले यस्तै हर्कत देखाएका थिए, जस्तो उनीविरूद्ध अहिले महामन्त्री थापाले गरिरहेका छन्।