निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ।
#election #electioncommission #proportionalmp #novote #breaknlinks #blnews #blnepali
समानुपातिक सांसद २ पटकभन्दा बढी हुन नपाउने, मतपत्रमा नो भोटको व्यवस्था
मस्यौदामा भनिएको छ, 'समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने।' यसैगरी आयोगले 'नो भोट' अर्थात कसैलाई पनि मत दिन्नँ भन्ने अधिकार मतदातालाई रहने गरी कानूनी व्यवस्था गर्न प्रस्तावसमेत गरेकाे छ।