लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले नयाँ बानेश्वरमा प्रदर्शन गरेकाे छ।
लघुवित्त पीडितद्वारा नयाँ बानेश्वरमा प्रदर्शन (तस्बिरहरू)
विभिन्न जिल्लाबाट काठमाडाैँ आएर माइतीघरमा धर्ना बसिरहेका लघुवित्त पीडितहरूले बुधबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्। संसद भवन घेराउ गर्न आएका प्रदर्शनकारीहरूलाई प्रहरीले अवराेध गरेकाे छ। प्रहरीको ब्यारिगेट तोड्न खाेजेपछि प्रहरीसँग उनीहरूकाे घम्साघम्सी परेको छ।