While remitting the TDS amount the employer should compulsorily quote the TAN number assigned by the Income Tax department.
Read the full article: A Complete Guide on TDS (Tax deduction at source)
▸ https://lttr.ai/AYVqg
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएसँगै दोस्रो चरणको आर्थिक सुधार थालनी भएको बताएका छन्।
‘अर्थतन्त्रलाई कसरी लयमा ल्याउने भन्ने हिसाबले आगामी आर्थिक वर्षको बजेट प्रस्ताव भएको छ। यसबाट दोस्रो चरणको शुरुआत भएको छ। यो सुधारलाई हामीले घनीभूत बनाएर लैजानुपर्नेछ। यसलाई कार्यान्वयन गर्न सकियो भने अर्थतन्त्र लयमा फर्किन्छ’, अर्थमन्त्री महतले भने।
चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म रु आठ खर्ब ९९ अर्ब पुगेको छ।
आयात घटेकाले कारण भन्सारबाट हुने राजस्व सङ्कलनमा कमी आएको र कसिलो मौद्रिक नीति र निजी क्षेत्रमा लगानी कमजोर हुँदा पूर्वाधार निर्माणमा पनि यस अवधिमा अपेक्षित सफलता हासिल हुन कठिनाइ परेको मन्त्रालयको भनाइ छ। सो अवधिमा आयात घटेको, रेमिट्यान्स र पर्यटक आगमनमा सुधार भएकाले व्यापार घाटा कम भएको मन्त्रालयको भनाइ छ।